×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ख्वप विश्वविद्यालय विधेयक ल्याउन संसदीय समितिको निर्देशन

ख्वप विश्वविद्यालय विधेयक ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौँ । ख्वप विश्वविद्यालय विधेयक ल्याउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । यो विषयमा लामो समयदेखि बहस हुँदै आएको तर सरकारले विधेयक नल्याएको भनेर संसदमा आवाज उठ्दै आएको छ ।

सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले यो विधेयक ल्याउन सरकारलाई निर्देश गरेको हो ।

संघीय संसदको जारी अधिवेशनभित्रै विधेयक संसदमा दर्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई संसदीय समितिको निर्देशन छ । समिति सभापति अम्मरबहादुर थापाले ख्वप विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक ल्याउन आवशयक रहेको बताए ।

ख्वप विश्वविद्यालय स्थापना भएमा अन्य विश्वविद्यालयभन्दा आधाभन्दा कम शुल्कमा एमबिबिएस विषयको पठनपाठन गराउन सकिने प्रतिबद्धता व्यक्त भएको उनले स्मरण गरे । यसअघि पनि संसदीय समितिले ख्वप विश्वविद्यालय विधेयक ल्याउन पटक पटक निर्देशन दिएको पनि स्मरण गरे ।

साथै, संसदीय समितिले उच्च शिक्षासम्बन्धी विधेयक समेत संसदमा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ ।

प्रतिकृया दिनुहोस्