×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

फरक मत ल्याए हिसाबकिताब गर्ने ओलीको चेतावनी

फरक मत ल्याए हिसाबकिताब गर्ने ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी विधान महाधिवेशनमा फरक मत ल्याउनेको हिसाब किताब गर्ने चेतावनी दिएका छन् ।

बुधबार साँझ बालुवाटारमा भेटेर काठमाडौँ लगायतका विधान महाधिवेशन प्रतिनिधिहरूसँग कुरा गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् ।

त्यस क्रममा उनले नेता ईश्वर पोखरेलले बाटो बिराउन खोजेको भन्दै बाटो बिराएर कहीँ नपुगिने जिकिर गरेका छन् । त्यस्तै ओलीले पार्टीमा आफूलाई  विद्यादेवी भण्डारीले चुनौती दिन खोजेको भन्दै त्यो सफल नहुने बताएका थिए । 

भेटपछि नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले ओलीको ब्रिफिङलाई बुँदागत रूपमा सामाजिक सञ्जालमा राखेका छन् । 

प्रतिकृया दिनुहोस्