×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारी अघिल्लो दिनकै मूल्यमा कायम रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठूलो गोलभेँडा, तने बोडी, डल्ले च्याउ केही घटेको छ । घिउ सिमी तथा टाटे सिमी भने सस्तिएको छ । यतिबेला स्कुसको सिजन भएकाले कालीमाटीमा सो तरकारी सबैभन्दा सस्तो प्रतिकिलो अधिकतम ३० रुपैयाँ छ ।

यस दिन कालीमाटी बजारमा ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ६०, रातो आलु ७२, प्याज १२५ रुपैयाँ छ । त्यस्तै स्थानीय गाजर १२०, बन्दा ५०, स्थानीय काउली १२०, लाम्चो भन्टा ४०, डल्लो भन्टा ५०, तने बोडी ७०, मकै बोडी ९०, घिउ सिमी ९०, टाटे सिमी ७० रुपैयाँ छ ।

परवर ५०, घिरौंला ६०, भिण्डी ४०, पिंडालू ७०,  रायो साग १२०, पालुगो साग १५० रुपैयाँ किलो छ । कालीमाटी बजारमा बिहीबार कन्य च्याउ २००, डल्ले च्याउ ४००, राजा च्याउ ३००, कुरिलो ४५०, न्युरो ८०, ब्रोकाउली १५० रुपैयाँसम्म कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्