काठमाडौं । आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत आइतबार सुनको मूल्य २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । चाँदी आज तोलामा १० रुपैयाँ घटेसँगै ४ हजार ६०५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार ६१५ रुपैयाँ थियो । गत आइतबार चाँदी ४ हजार ३२५ रुपैयाँ थियो ।