×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल संवत् ११४६ सुरु

नेपाल संवत् ११४६ सुरु

काठमाडौँ । नेपाल संवत् ११४६ बुधबारदेखि सुरु भएको छ। नेपाल संवत्को नयाँ वर्षको स्वागतमा नेवार समुदायले आज बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरन सहितको र्‍याली निकालेका छन्। 

र्‍यालीमा सहभागीहरू नेवारी भेषभूषामा सजिएका थिए। र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि।सं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको बताइन्छ।

नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।

प्रतिकृया दिनुहोस्