×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि

शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सुरू हुने भएको छ । अखिल नेपाल फुटबल संघले एक सूचना जारी गर्दै शहीद स्मारक ‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि सुरु हुने जनाएको छ ।

साथै एन्फाले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सहभागी १४ क्लबहरूले यसअघिको लिगको बाँकी रकम बुझिलिएका जनाएको छ ।

क्लबहरूले एन्फाबाट प्रतिक्लब ६ लाख ५० हजार रुपैयाँ बुझिलगेका हुन्। यससँगै पुरानो लिगअन्तर्गत पाउनुपर्ने १२ लाख ५० हजारमध्ये बाँकी सम्पूर्ण दायित्व पूरा भएको छ।

आगामी माघ १३ (जनवरी २६, २०२५)गतेबाट सुरु हुने नयाँ लिगको तयारी थालिएको छ । जसका लागि झापा फुटबल क्लब, प्लानिङ ब्वाइज युनाइटेड, श्रीभगवती क्लब, वीरगन्ज युनाइटेड, बाँसबारी क्लब, र श्रीकुमारी क्लबले तयारीको पहिलो किस्ताका रूपमा प्रति क्लब रु ८ लाख ७० हजार (१४,५०,००० को ६०%) रकम समेत बुझी लगेका छन्।

प्रतिकृया दिनुहोस्