×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीले माग्यो सार्वजनिक लेखा समिति सभापतिको राजीनामा

माओवादीले माग्यो सार्वजनिक लेखा समिति सभापतिको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा मागेका हुन्।

उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन्।

माओवादी दलका नेता आङ्बोले विहीबार पत्रकार सम्मेलन गर्दै नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्न आग्रह गरे । उनले सहकारी ठगीमा दोषी देखिएकालाई कारवाही गर्नुपर्ने माग गरे ।
 

प्रतिकृया दिनुहोस्