×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपामा ४५ जना नेताको जिम्मेवारी तोकियो, कसले के पाए ?

नेकपामा ४५ जना नेताको जिम्मेवारी तोकियो, कसले के पाए ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले नेताहरूको कार्यविभाजन टुंग्याउनेगरी आज निर्णय हुने भएको छ । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठक कार्यविभाजनलाई लिएर विवाद भएपछि थप गृहकार्य गरेर बैठकमा पेस गर्नेगरी स्थगित भएको थियो ।

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खानालले विदेश विभाग, अर्का वरिष्ठ नेता वामदेव गौतमले सङ्गठन विभाग प्रमुख दाबी गरेका थिए । तर विदेश विभाग प्रमुख वरिष्ठ नेता प्रमेश हमाल र सङ्गठन विभाग प्रमुख नेता वर्षमान पुनले पाएपछि विवाद देखिएको थियो । बैठकले एकता महाधिवेशन मंसिर ११–१५ मा गर्नेगरी कार्यतालिका अनुमोदन गरेको थियो ।

यस्तै संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदन पुनर्लेखन गर्ने निर्णय सहित अनुमोदन भएको थियो । यसैगरी संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको नेता प्रकाश ज्वालाले जानकारी दिएका थिए । यद्यपि उनले बैठकमा विवाद केही नभएको जिकिर गरेका छन् ।

‘कार्यविभाजनलाई लिएर बैठकमा विवाद भएको होइन । जिम्मेवारी दिने विषयमा संयोजक र सहसंयोजकले थप गृहकार्य गरेर बैठकमा पेस गर्ने भनिएपछि हिजोको बैठक स्थगित भएको हो’, उनले भने ।

ज्वालाका अनुसार अहिले बैठक केन्द्रीय कार्यालयमा सुरु हुन लागेको छ । तर अर्का एक नेताका अनुसार नेताहरूको जिम्मेवारी तोक्ने विषयमा मापदण्ड फरक फरक भएकाले थप छलफल गर्न बैठक स्थगित भएको बताए ।

‘संयोजन समितिका नेताहरूलाई प्रदेशको इन्चार्ज नतोक्ने भनिएको थियो । तर धेरै जसो संयोजन समितिकै सदस्यहरू इन्चार्ज, सहइन्चार्ज भएका छन् । त्यसले गर्दा केही फरक मत आएका छन् । त्यसलाई संयोजक र सहसंयोजकले थप गृहकार्य गरेर पेस गर्छौं भन्नुभएको छ । आज निर्णय हुन्छ’, ती नेताले भने ।

ती नेताका अनुसार सात प्रदेशको इन्चार्जको टुंगो लागिए पनि अन्य विषयमा निर्णय हुन बाँकी रहेको छ ।

यस्तो नेताहरूको जिम्मेवारी :

प्रचण्ड : संयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन

माधवकुमार नेपाल : सहसंयोजक, सम्पूर्ण पार्टीको कामको संयोजन

झलनाथ खनाल : प्रमुख नीति अनुसन्धान प्रतिष्ठान

वामदेव गौतम : प्रमुख उत्पादन तथा रोजगारी विभाग

नारायणकाजी श्रेष्ठ : प्रमुख अनुगमन तथा मूल्यांकन विभाग

अग्नि सापकोटा : प्रमुख स्थानीय तह

कृष्णबहादुर महरा : प्रमुख राष्ट्रिय सुरक्षा

गंगानारायण श्रेष्ठ : प्रमुख सास्कृतिक

डा.गंगालाल तुलाधार : इञ्चार्ज बागमती

गिरिराजमणि पोखरेल : प्रमुख शिक्षा विभाग

गोपाल किराती : उपप्रमुख निति अनुसन्धान प्रतिष्ठान

चक्रपाणि खनाल : इञ्चार्ज लुम्बिनी प्रदेश

चेतबहादुर पुन : प्रमुख सास्कृति मोर्चा फ्याक्सन

जगन्नाथ खतिवडा : प्रमुख बुद्धिजीवी फाट

जयन्ती राई : प्रमुख संघीय संसदीय फाट

डिलाराम आचार्य : जिम्मेवारी तोक्न बाँकी

दिनानाथ शर्मा : प्रमुख प्राध्यापक फाट

देवेन्द्र पौडेल : प्रमुख स्वास्थ्य विभाग

देव गुरुङ : प्रमुख कानुन विभाग

नन्दबहादुर पुन : प्रमुख सुरक्षाकर्मी सङ्गठन फाट

पम्झा भुसाल : प्रवास संयोजक

प्रकाश ज्वाला : पार्टी प्रवक्ता तथा प्रेस सङ्गठन प्रमुख

प्रमेश हमाल : प्रमुख विदेश विभाग

प्रेमबहादुर सिंह : प्रमुख संसदीय मामिला

वर्षमान पुन : सङ्गठन विभाग प्रमुख

डा. वेदुराम भुसाल : पार्टी स्कुल विभाग प्रमुख

भानुभक्त जोशी : सहइञ्चार्ज सुदूरपश्चिम

भीम रावल : इञ्चार्ज सुदूरपश्चिम

मदनकुमार शाह गरिमा : प्रमुख श्रम रोजगार विभाग

महेन्द्र राय यादव : इञ्चार्ज मधेस प्रदेश

मातृका यादव : सहइञ्चार्ज मधेस प्रदेश

मेटमणि चौधरी : सहइञ्चार्ज लुम्बिनी प्रदेश

रञ्जिता श्रेष्ठ : सहइञ्चार्ज सुदूरपश्चिम

राजेन्द्र राई : इञ्चार्ज कोशी प्रदेश

राजेन्द्र पाण्डे : प्रमुख जगवर्गीय मोर्चा

रामकुमार भट्टराई : सहइञ्चार्ज मधेस प्रदेश

रामचन्द्र झा: प्रमुख प्रादेशिक मामिला विभाग

लिलामणि पोखरेल : ऊर्जा तथा जलस्रोत विभाग प्रमुख

राजेन्द्र श्रेष्ठ : प्रमुख संघीय मामिला

शक्ति बस्नेत : प्रमुख अर्थ योजना

श्रीराम ढकाल ; प्रमुख पश्चिम महादेश अनुगमन

सुनिल मानन्धर ; प्रमुख कृषि विभाग

सुवासराज काफ्ले : प्रमुख उद्योग व्यवसाय विभाग

हितमान शाक्य : सहइञ्चार्ज, उपत्यका विशेष प्रदेश

हितबहादुर तामाङ :  प्रमुख उपभोक्ता आपूर्ति विभाग

प्रतिकृया दिनुहोस्