×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादी केन्द्रको निष्कर्ष

सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा उनीहरू (राजावादी) आशावादी भएका हुन्,’ सापकोटाले भने ।

आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा नरमाउन पनि आग्रह गरे ।
‘हामीले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेल्दै आएका हौं । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा कोही लागेको छ भने त्यो दिवासपना मात्रै हुन्छ,’ सापकोटाले भने ।

जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको उनको भनाइ छ ।

‘पहिला राजतन्त्रले, राजाले गरेका कुकृत्यबारेमा नेपाली जनताले अहिले पनि बिर्सिएका छैनन्,’ सापकोटाले भने, ‘नेकपा माओवादी केन्द्रका साथीहरू समाजवाद निर्माणको लाइनमा लागिसकेका छन् ।’

प्रतिकृया दिनुहोस्