×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज ९सोमबार० पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् । निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो ।

आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रमअन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन सुरू गरिएको थियो ।

निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । आइतबार केही दलहरूले समानुपातिक बन्दसूची पेस गरिसकेका थिए ।

प्रतिकृया दिनुहोस्