×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अनेरास्ववियुको निर्वाचन : आज राति ८ बजेदेखि मतदान हुने

अनेरास्ववियुको निर्वाचन : आज राति ८ बजेदेखि मतदान हुने

काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशनमा निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन कमिटीले कार्यतालिका संशोधन गर्दै आज राति ८ बजेदेखि मतदानको समय राखेको छ । 

दिउँसो ३ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । साँझ साँढे ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदान भने राति ८ बजेदेखि राति २ बजेसम्म हुनेछ । 

मतदान सकिएपछि मतगणना निर्वाचनको मतपरिणामको घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको कार्यतालिका छ । 

निर्वाचन कमिटीले आवश्यक परेको खण्डमा निर्वाचन कार्यक्रम फेरबदल हुनेछ । निर्वाचन कमिटीले २०३ पदका लागि ५२१ जना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । अध्यक्षमा डा‍. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी परेको छ । कडरियाको तर्फबाट महासचिवमा दीपक धामी र पौडेलको तर्फबाट आरके रोमस रहेका छन् ।

प्रतिकृया दिनुहोस्