×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

रूसले गर्‍यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण

रूसले गर्‍यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण

काठमाडौं । रूसले विश्वको पहिलो परमाणु ऊर्जाद्वारा सञ्चालन हुने क्रुज मिसाइल बुरेवस्तनिक–९एम७३९ को सफल परीक्षण गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार भिडियो कन्फ्रेन्समार्फत यो जानकारी दिँदै मिसाइलका सबै परीक्षण चरण पूरा भएको बताए।

यस क्रममा रूसी सेनाका प्रमुख भ्यालेरी गेरेसिमोभले पुटिनलाई जानकारी दिँदै भने, ‘मिसाइलको सफल परीक्षण २१ अक्टोबरमा गरिएको थियो। परीक्षणको दौरान बुरेवस्तनिकले करिब १५ घण्टा आकाशमा उडान भर्‍यो र १४ हजार किमी दूरी तय गर्‍यो।’

गेरेसिमोभका अनुसार यो दूरी यसको अधिकतम सीमा होइन । परमाणु स्रोतबाट चल्ने भएकाले यसको दायरा असीमित मानिएको छ।

रिपोर्टहरूअनुसार यो मिसाइलको गति करिब १३०० किमीरघण्टा छ। पुटिनले भने, ‘यस्तो मिसाइल अहिले संसारको कुनै देशसँग छैन। सुरुमा धेरै विशेषज्ञहरूले यस्तो हतियार सम्भव नै हुँदैन भनेका थिए, तर अब यो वास्तविकता बनेको छ।’

पुटिनले सेनालाई यो मिसाइल प्रहारका लागि तयारी अवस्थामा राख्न पनि आदेश दिइसकेका छन्।

असीमित उडान भर्ने क्षमता

बुरेवस्तनिक एक क्रुज मिसाइल हो जुन सामान्य इन्धन इन्जिनको साटो न्यूक्लियर रिएक्टरबाट चल्छ। त्यसैले यसले असीमित दूरीसम्म उडान भर्न सक्छ र दुश्मनको एण्टी–मिसाइल डिफेन्स सिस्टमलाई चक्मा दिन सक्छ।

अमेरिकी वायुसेनाका अनुसार, मिसाइल सर्विसमा आएपछि रूससँग १०–२० हजार किमी दूरीसम्म प्रहार गर्ने क्षमता हुनेछ। यसले रूसलाई आफ्नो देशबाटै बसेर अमेरिका लगायत अन्य टाढा क्षेत्रहरूमा पनि हमला गर्न सक्षम बनाउँछ।

यसअघि यति लामो दूरीमा प्रहार गर्न ब्यालिस्टिक मिसाइल प्रयोग गरिन्थ्यो । तर बुरेवस्तनिक पहिलो यस्तो क्रुज मिसाइल हो, जसले यति दूरीमा प्रहार गर्न सक्छ।

सामान्य ब्यालिस्टिक मिसाइलहरू एक निश्चित उचाइ र मार्गबाट उडान भर्छन्, जसलाई ट्र्याक गर्न सकिन्छ। तर बुरेवस्तनिक ५०–१०० मिटरको तल्लो उचाइबाट उड्छ र उडानकै बीचमा दिशा परिवर्तन गर्न सक्छ। यसैले यसलाई पत्ता लगाउन र रोक्न लगभग असम्भव हुन्छ।

प्रतिकृया दिनुहोस्