×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सिन्धुलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमलामाई-९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

भिमानबाट चन्दनपुरतर्फ जादै गरेको मोटरसाइकलका चालक बर्दिवास नगरपालिका-२ हङकङडाँडाका २५ वर्षीय नारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
 

प्रतिकृया दिनुहोस्