×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

डोटीको जंगलमा महिलाको शव फेला

डोटीको जंगलमा महिलाको शव फेला

काठमाडौं । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका-६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि वडानम्बर  ६ का वडाध्यक्ष कृष्णप्रसाद जैसीमार्फत प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई नेतृत्वको टोली घटनास्थल प्रस्थान भएको छ । शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्