×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप

मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप

काठमाडौं । मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए । त्यहीक्रममा सुकुमबासी र नगरप्रहरीबीच झडप भएको हो ।

स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ । आज बिहान नेपाल प्रहरीसहित डोजर लिएर पुगेको नगर प्रहरीले सुकुमबासीका टहरामा डोजर लगाएको थियो ।

वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीको बिचल्ली भएको छ । टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको छ ।

प्रतिकृया दिनुहोस्