×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

गोताखोरले ५० फिट गहिराइबाट निकाले पोख्रेलको शव

गोताखोरले ५० फिट गहिराइबाट निकाले पोख्रेलको शव

काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिका–४ का गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेका छन् । सिम्ता गाउँपालिका–४ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बुधबार ५८ वर्षीय पोख्रेल डुबेर बेपत्ता भएका थिए ।

खोजीमा परिचालित भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर टोलीले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो ।

नदीमा डुबेर बेपत्ता भएको खबर पाएसँगै खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश चिप्ले सुर्खेतबाट टोली परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । मलामी गएकाबेला पोख्रेल पौडी खेल्न नदीमा पसेका बेला बेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस्