×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा दायर

बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा दायर

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध तेस्रो मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते फरक फरक अभियोग पत्र दायर गर्दै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेकोमा बिहीबार विशेष अदालतमा पुनः तेस्रो मुद्दा दायर गरेको हो ।

बिहीबार अख्तियारले थापासहित उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध वन अतिक्रमण, ताल निर्माण र ढुङ्गा–गिट्टी–बालुवा–माटो उत्खनन गरी हानीनोक्सानी गरेको आरोपसहित उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियारले ४ लाख ७० हजार २८५ घनमिटर वन पैदावार उत्खनन् गरी बिक्री वितरण तथा अन्य संरचनामा प्रयोग गरेको आरोपमा उनीहरुविरुद्ध ५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।

यसअघि अख्तियारले निलम्बित मेयर थापाविरुद्ध दायर गरेका दुई मुद्दामा विशेषले गत वैशाख ७ गते मात्रै थप प्रमाण बुझ्ने आदेश गरेको थियो ।

प्रतिकृया दिनुहोस्