काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ८ हजार रुपैयाँ बढेर प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ९५ बढेर प्रतितोला ४ हजार ५ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।