काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ५० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।