काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुन उडान सुरु गरेको हो ।
आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको हो । मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् ।