काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार १ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख ९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५५ रुपैयाँ घटेर प्रतितोला ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।