×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । वर्षा पछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुवैतर्फको सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राइभर्सन गरिएकोमा उक्त सडक समेत अवरुद्ध भएको छ । वर्षा भइरहेकाले अवरुद्ध सडक खुल्न केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्