काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ८५ रुपैयाँ घटेर प्रतितोला ४ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।