×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इजरायलको शक्तिशाली हमलापछि टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प

इजरायलको शक्तिशाली हमलापछि टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । इजरायलले आइतबार राति सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो ।

गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सिरियन वार मनिटरले इजरायलको यो आक्रमणलाई पछिल्लो दशकमा टार्टसमा भएको सबैभन्दा ठूलो आक्रमण भनेको छ। इजरायली फाइटर जेटहरूले एयर डिफेन्स युनिट र जमिनदेखि जमिनसम्म प्रहार गर्नसक्ने मिसाइलहरूको डिपोमा समेत निशाना बनाएका थिए ।

मिडिया रिपोर्टहरूका अनुसार शक्तिशाली विस्फोटपछि टार्टसमा ३।१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो। आक्रमणका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
 

प्रतिकृया दिनुहोस्