×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा

निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा

काठमाडौं । निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता-कार्यकता आउजाउ बाक्लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अहिले निर्वाचन आयोगको मुख्यद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरू आजै निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका थिए ।

केहीबेरअघि थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू निर्वाचन आयोगमा धर्ना बसेका थिए भने अहिले देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ता,तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका नेता कार्यकर्ता आयोग परिसरमा धर्ना दिन पुगेका छन् ।
 

प्रतिकृया दिनुहोस्