काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।