×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकारले गरिरहेको काम पर्याप्त नभएको एकालेको निष्कर्ष

सरकारले गरिरहेको काम पर्याप्त नभएको एकालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सरकारले गरिरहेको काम पर्याप्त नभएको निष्कर्ष निकालेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बसेको ४३औं सचिवालय बैठकले सरकारलाई अझ गति बढाउन सुझाव दिएको छ ।

‘यति (अहिले गरिरहेको काम) पर्याप्त छैनन, सरकारले अझ बढी पुस गरोस् । अझ बढी कामलाई तीव्रता दिओस्,’ बैठकको निर्णय सुनाउँदै उमपहासचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘दुई वटा दल र अरु पनि मिलेर बनेको शक्तिशाली सकारले अझ बढी डेलिभरी गर्नुपर्छ भनेर सुझाव दिएका छौं ।’

यद्यपि सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गरेको निष्कर्ष एमालेले निकालेको छ । ‘सरकारले केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर थुप्रै कामहरु गर्न बाँकी रहेको ‘,’ ज्ञवालीले भने, ‘ती बाँकी कामहरु छिटो सम्पन्न गर्न खासखरी डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा, अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रीत गर्नुपर्छ भन्ने विश्लेषण गरिएको छ ।’

बैठकमा सरकारले ठोस कामहरुबारे पनि छलफल भएको उनले बताए । सरकारको बनेको पहिलो दिन नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन, नेपाली कांग्रेस र एमालेका बीचमा राजनीतिक संयन्त्र गठन गरेर राजनीतिक स्थायित्वको विश्वास दिलाउने काम भएको ज्ञवालीले बताए ।

प्रतिकृया दिनुहोस्