×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ । साथै बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालमाथिको सुनुवाइ पनि हुने बताइएको छ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा उत्पादित सुपारी निर्यातबारे छलफल हुनेछ । 

प्रतिकृया दिनुहोस्