×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

राप्रपाको र्‍यालीले काठमाडौं चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त

राप्रपाको र्‍यालीले काठमाडौं चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनका कारण काठमाडौं चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ । बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक)भएर यात्रा गर्नेहरु पनि आज जाममा परेका छन् ।

लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरु मर्कामा परेका छन् । ट्राफिक प्रहरीहरुलाई पनि सवारी व्यवस्थापनमा कठिनाइ भएको थियो ।

राप्रपाले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, भ्रष्टाचार अन्त्य लगायतका माग राखेर आज मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्रबाट निकालिएको र्‍यालीका सहभागीहरु बिजुलीबजारमा जम्मा भएका थिए ।

त्यसपछि बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटी दरबार संग्रहालय अगाडि पुगेर समापन भएको थियो ।
 

प्रतिकृया दिनुहोस्