×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रपतिलाई दबाब दिएर असंवैधानिक सरकार बनाएको अध्यक्ष प्रचण्डको खुलासा

राष्ट्रपतिलाई दबाब दिएर असंवैधानिक सरकार बनाएको अध्यक्ष प्रचण्डको खुलासा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब दिएर संविधानको धारा ७६(३) अनुसार सरकार गठन हुन नदिएको खुलासा गरेका छन् ।

प्रेस सेन्टर नेपालले सिन्धुपाल्चोकको सुकुटेमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रपतिलाई दबाब दिएर असंवैधानिक सरकार बनाएको खुलासा गरेका हुन् ।

मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेले अपारदर्शी, अप्राकृतिक र असंवैधानिक सरकार बनाएको आरोप लगाउँदै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार बन्न नदिने रणनीति अनुसार नै संसदबाट विश्वासको मत लिएको जिकिर गरे ।

‘यो अपारदर्शी र अप्राकृतिक सरकार बन्न नदिन विश्वासको मतका निम्ति अन्तिममा म भोटिङमा गएँ । भोटिङमा गएपछि फेल भयो । फेल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा दलको नेता प्रधानमन्त्री हुनुपर्ने थियो । तर उहाँहरू (कांग्रेस र एमाले)ले संविधान मिच्नुभयो’, प्रचण्डले भने, ‘राष्ट्रपतिजी अन्तिम समयसम्म संविधानको धारा ७६(३) अनुसारको सरकार बनाउन तयार पनि हुनुपर्थ्यो । तर मैले बुझेअनुसार राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो । त्यसैले यो सरकारलाई मैले असंवैधानिक भनेको हुँ ।’

यद्यपि ओली सरकारको आयो धेरै लामो नभएको भन्दै अरूले नभई आफै ढल्ने दाबी गरे । सरकारप्रति कांग्रेस संस्थापन पक्षकै असन्तुष्टि र सरकारको गतिविधिका कारण सरकार ढल्नुको मुख्य आधार भएको प्रचण्डको तर्क छ  । 

प्रतिकृया दिनुहोस्