×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनलको मुख्यमन्त्रीमा दाबी पेस

मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनलको मुख्यमन्त्रीमा दाबी पेस

धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको समर्थनमा उनले दाबी पेस गर्न लागेका हुन् । 

सोनललाई नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो ।  यी तीनवटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाइसकेको थिए । 

तर जनमतले कांग्रेस-एमालेको साथ छाडेपछि आज छुट्टै गठबन्धन बनेको हो । जितेन्द्र सोनल लोसपा नेपालका उपाध्यक्ष पनि हुन् । 

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् ।

सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।  

प्रतिकृया दिनुहोस्