७.१७ अंकले बढ्यो सेयर बजार ७.१७ अंकले बढ्यो सेयर बजार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

७.१७ अंकले बढ्यो सेयर बजार

७.१७ अंकले बढ्यो सेयर बजार

काठमाडौं । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार बढेको छ ।

अघिल्लो दिन ०.२६ अंक घटेको सेयर बजार बिहीबार ७.१७ अंक बढेको छ । सो वृद्धिपछि बजार परिसूचक नेप्से २६२९ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२:२३ बजे नेप्से आजको न्यूनतम अंक २६०८ अंकसम्म झरेको थियो । त्यसपछि अन्तिम समयसम्म बजार क्रमिक रुपमा उकालो लाग्यो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ । १३ को मूल्य स्थिर रह्यो ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । जलविद्युत् सबैभन्दा धेरै ०.९९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.२८, लगानी ०.०५, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.७६ तथा अन्य ०.०९ प्रतिशत बढे ।

त्यस्तै विकास बैंक ०.३७, फाइनान्स ०.१९, होटल तथा पयृटन ०.०५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४८ तथा व्यापार ०.२१ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो ।

कुल कारोबारमा सो समूहको कारोबार ५१.५९ प्रतिशत हो । हाइड्रोपावर समूहको आज २ अर्ब २७ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ४७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै माण्डु हाइड्रोपावरको ४.८७, सानिमा मिडिल तमोरको ४.८५, सानिमा माइ हाइड्रोपावरको ४.४५, सुपरमादी हाइड्रोपावरको ४.१६ प्रतिशत मूल्य बढ्यो ।

खानीखोला हाइड्रोपावरको ५.९७, सप्तकोशी विकास बैंकको ३.९२, नेपाल वेयरहाउजिङको ३.७९ तथा हाथवे इन्भेस्टमेन्टको ३.६८ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, सुपरमादी हाइड्रोपावर, सानिमा मिडिल तमोर, माउन्टेन इनर्जी तथा रिडी पावर क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्