काठमाडौं । राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही गरेको जानकारी दिए। थापाले एमाले र नेकपाको सरकारलाई समर्थन गरेका थिए।
उनको समर्थनलाई अस्वीकार् गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कार्बाही गरेको हो।
‘उद्वव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट कारबाही गरिएको छ’ लिङदेनले भने।
अहिले संसदीय दलको नेतालाई कार्बाही गरेको अब सरकारमा सहभागी हुने अन्यलाई पनि कार्बाही गर्ने अध्यक्ष लिङदेनले जानकारी दिए।