×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ओलीको अहङ्कारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भए : भीम रावल

ओलीको अहङ्कारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भए : भीम रावल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले केपी ओलीको अहङ्कारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भएको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभामा आयोजित एकता समायोजन कार्यक्रममा बोल्दै रावलले एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको नाम उच्चरण नभई नेकपा विघटनको आरोप लगाएका हुन् ।

‘त्यतिबेला नेकपाको दोस्रो केन्द्रीय समितिको बैठक यही हलमा भएको थियो । एक जनाको अहङ्कार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्ता लिप्लामा लागेर नेकपा ध्वस्त पारेको दुःखद क्षण सम्झेको छु’, उनले भने– ‘दुई तिहाइका प्रधानमन्त्रीले एउटा अँध्यारो कोठामा विदेशी गुप्तचरसँग कुराकानी गर्नुभयो । त्यसको दुई दिनपछि प्रतिनिधिसभा विघटन पो गरिसक्नुभएको छ । सर्वोच्च अदालतले संविधान विपरीत भन्यो । त्यो कुरा पनि सुन्नुभएन दोस्रोपटक फेरि प्रतिनिधिसभा विघटन गर्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा यति ठुलो धोका, यति धेरै गद्दारी अरु के हुनसक्छ ।’

ओलीले नै नेकपा नामको जम्बु जेटलाई पोखराको सेतीको खोँचमा जहाज पल्टाएको आरोप लगाए । ओलीको प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले भने– ‘ओली र प्रचण्डले यो जम्बु जेटलाई सुरक्षित रूपमा उडाउँछु भन्नुभएको थियो । क्याप्टेनले नै पोखराको सेतीको खोँचमा फाल्दै गर्दा अर्को सहायक चालक (चण्ड) खस्नै लागेको जहाजमा आँसु खसाल्दै मैले त गल्ती पो गरेजस्तो लागेको महसुस गरे । हामी पछाडि बसेका यात्रुहरू रुन कराउन लाग्यौँ । चिच्यायौँ, करायौँ, क्रन्दन गर्यौँ । क्याप्टेन साब जहाज नडुबाउनोस् ।’

त्यतिबेला ओलीले प्रधानमन्त्रीको कार्यालयमा पार्टीको बैठक राखेर मनमैँजु केन्द्रीय समिति विस्तार गरेकोमा आक्रोश पोखे । ‘त्यहाँ माधव, झलनाथ, वामदेव र म लगायत कसैलाई पनि बोलाउनुभएन । एक्लै ओलीले ९ सय जनाको केन्द्रीय समिति बनाउनुभएछ । वाह, कम्युनिस्ट पार्टीका नेता’, उनले भने ।  
 

प्रतिकृया दिनुहोस्