काठमाडौँ । नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
बिहीबार नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई पार्टीमा स्वागत गरेका हुन् ।
त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबंश झा पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन तयार भएको जानकारी गराएका छन् ।