×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २० हजार ५०० बढ्यो सुन

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २० हजार ५०० बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा बिहीबारर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँपुगेको हो । 

महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो । तर, बिहीबारर बढेर तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ ।  आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ । 

यसैबिच चाँदीको मूल्य समेत ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ७हजार ३०० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो । 

प्रतिकृया दिनुहोस्