×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । 

प्रधान न्यायाधीशको सिफारिसलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपतिबाट रामचन्द्र पौडेलले मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । जसअनुसार अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या चार भए पनि पुग्ने भएको छ । 

अर्थात् ६ जनाको संवैधानिक परिषद् बैठक बस्न चार जना भए पनि हुने भएको छ । त्यस्तै परिषद् बैठकले कुनै पनि निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न मिल्नेछ । 
संवैधानिक परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ। सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता, प्रधान न्यायाधीश रहन्छन् ।

हाल प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाह छन् भने सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर, विपक्षी दलको नेता कांग्रेसका भीष्मराज आङ्देम्बे छन् । सपना प्रधान मल्ल कायममुकायम प्रधान न्यायाधीश छिन्।

प्रतिकृया दिनुहोस्