×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जेनजीको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको आग्रह

जेनजीको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग पुरा गर्न उनले आग्रह गरेका हुन् । 

यस्तै सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाएका छन् । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् । 

‘जेनजी युवाहरूले उठाएका माग जायज छ । उनीहरूको माग तत्काल पुरा गर्न म सरकारसँग आग्रह गर्दछु । साथै प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरी ७०–८० जना घाइते भएको खबर आएको छ । प्रदर्शनमा एक जनाको मृत्यु पनि भएको आएको छ । यसको वास्तविकता सार्वजनिक गर्न माग गर्दछु । साथै उनले घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न म आग्रह गर्छु’,  उनले भने ।

प्रतिकृया दिनुहोस्