रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम

रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम

काठमाडौँ । रसुवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा  प्रहरीले बरामद गरेको सुनको तौल ७ केजी ६५३ ग्राम ग्राम भएको पुष्टि भएको छ । 

तर, सुन यकिन गर्नको लागी परिक्षण गर्ने काम बाँकी रहेको बागमति प्रदेशका डीआईजी अरुण पौडेलले बताए । उनले भने, ‘सुन यकिन गर्नको लागी परिक्षण गर्न पठाउँछौं, अहिले परिक्षण गरिएको अवस्था छैन् ।’

स्याउको डिब्बामा चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ बाट सो सुन बरामद गरेको हो । 

डिब्बा चालक गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका किशोर कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिकृया दिनुहोस्