काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३५०० रुपैयाँ बढेर प्रतितोला तिन लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।