पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला

पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला परेका छन् । शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीया ओमसिंह खत्री मृत फेला परेका हुन् ।

पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो ।

शनिबार बेलुकी नै सोही वडाको चिसापानीमा पनि पहिरो खसेको थियो । पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छिन् । ५२ वर्षीया केदार कार्कीलाई उद्धार गरी उपचार लागि नेपालगञ्ज पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार जारी छ । अहिले घटना स्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य चलेको जाजरकोटका डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए ।

घटना स्थलमा जानका लागि ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको कारण समस्या भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्