काठमाडौँ । कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशन भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई पत्राचार गरिएको छ ।