काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला दुई हजार ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।