काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।