काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १३०० सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ९० रुपैयाँ घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ ।