×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे सुरु हुनेछ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ । 

राष्ट्रिय सभामा सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका केही विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची छ । 

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक–२०७६ र विद्युतीय व्यापार विधेयक–२०८० उनले टेबुल गर्नेछन् । 

विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनु सभा समक्ष पेस कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । 

 

प्रतिकृया दिनुहोस्