काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १६०० रुपैयाँ बढेर प्रतितोला तिन लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला तिन लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ६० रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।