×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी

जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध शुक्रबार (आज)नै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । 

सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबारमात्रै मुद्दा दर्ता हुने   जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध  म्याद शुक्रबार सकिने भएकाले मुद्दा दर्ता गर्न लागिएको हो । रवि लगायतको हकमा म्याद आइतबारसम्म बाँकी भएकाले दर्ता गरिने सरकारी वकिल कार्यालयको भनाई छ ।
 

प्रतिकृया दिनुहोस्