×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप

काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् ।

 प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा छ । नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।

 अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो ।

अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई अघि सारेका विभिन्न समूहबीच बुधबार सैनिक मुख्यालय जंगीअड्डा अगाडि पनि विवाद भएको थियो । बिहीबार युवाहरू सुन्धारा क्षेत्रमा भेला भइरहेका छन् । जंगीअड्डा परिसर अगाडि नेपाली सेनाले भिड जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका छन् ।

प्रतिकृया दिनुहोस्