×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

६४ मा जस्तै २०८४ मा माओवादीलाई जिताए भ्रष्टाचारीको जरो किलो उखेल्नेछौं : प्रचण्ड

६४ मा जस्तै २०८४ मा माओवादीलाई जिताए भ्रष्टाचारीको जरो किलो उखेल्नेछौं : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ मा जस्तै २०८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने बताएका छन् । बिहीबार खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई विजयी गराउन अपिल गरेका छन । 

‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन’, उनले भने । 

कार्यक्रममा केपी ओली नेतृत्वको गठबन्धन सरकार अवैध भएकाले सरकारमा बसिरहन नहुने बताएका छन् । ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको उनले आरोप लगाएका छन ।

प्रतिकृया दिनुहोस्